पहिरोले पाल्पा बुटवल सडक अवरुद्ध

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार १९ ।
सुनिल कार्की ।
सिद्धार्थ राजमार्ग अन्र्तरगत पाल्पा बुटवल सडक खण्डको गौंडे पुल नजिकै पहिरो जाँदा सडक पुर्णरुपमा अवरुद्ध भएको छ । सडक माथिबाट खसेको ढुंगा माटो सहितको पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरो हटाउ अहिले डिभिजन सडक कार्यालय पाल्पाको डोजर सहितको टोली,नेपाल र ट्राफिक प्रहरी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले बताउनुभयो । खसेको पहिरोमा अर्को कुनै अवरोध नभएर ४५ मिनेट भित्रमा सडक एकतर्फी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

यस्तै वर्षाले राष्टिय गौरबको आयोजना कालीगण्डकी करिडो पाल्पा खण्ड समेत अवरुद्ध बनेको छ । पुर्वी पाल्पा रामपुर पुग्ने सवारी साधन अर्याभञ्याङ्ग जब्गादीको वैकल्पिक सडक भएर सञ्चालनमा आएका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्