विमान दुर्घटना : ६८ जनाको शव फेला, तीन जनाकाे शव अझै भेटिन ।

Facebook
X
WhatsApp
LinkedIn

सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । मृतककाे शव गण्डकी अस्पतालकाे शव गृहमा राखिएकाे छ । तीन जनाकाे शव भने अझै भेटिएकाे छैन ।

शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका  दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसाे पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयाे । पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाण्डाै लगिने उहाँले बताउनुभयाे ।

पोखराका पहिचान भएका शव भाेलि सोमवार बिहान ९ बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताउनुभयाे । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्