February 23, 2024

सरकारले पोखरा जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको आकस्मिक बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको हो ।

। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको छ । साथै घटनास्थलमा पुगेर जानकारी लिनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने जाने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *