बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा \ 

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । भट्टराईले जिल्लाको सहकारी अभियान र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

नेपाली काँग्रेस गुल्मीका सचिव समेत रहेका उनले संघमा यस अघि अध्यक्षको कूशल जिम्मेवारी निर्वाह गरेकै कारण पुनः संघको अध्यक्षमा चयन भएका हुन् । संघले भट्टराईको नेतृत्वमा ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तुल्सीराम भूसाल, सचिवमा धनबहादुर रायमाझी, कोषाध्यक्षमा विन्दु थापा रहेका छन् । यस्तै संघको कार्यसमिति सदस्यमा सीता घिमिरे, लक्ष्मी न्यौपाने, रेनु लम्साल, पूर्णबहादुर भण्डारी, मधुदयाल सैजू, मोतिलाल अधिकारी र धातानन्द बस्याल रहेका छन् । यस्तै अधिवेशनले लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको छ । जसको संयोजकमा भेषराज सुवेदी, सदस्यमा दिपक न्यौपाने र मदनलाल बज्राचार्य रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा चयन भएसँगै भट्टराईले जिल्लाका बचत तथा ऋणको क्षेत्रमा काम गर्दै आएका सहकारीहरुको प्रवद्र्धन र विस्तारमा थप नयाँ कार्यक्रम ल्याएर अगाडि बढ्ने बताएका छन् । उनले अब सहकारीलाई प्रविधिमैत्री बनाएर लैजाने दिशामा आफ्नो नेतृत्वले ध्यान दिने बताए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्