रुरु क्षेत्रधाम रिडिमा माघी मेलाको तयारी पुरा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष ३० ।

सुनिल कार्की \

तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडिमा माघे संक्रान्तीको अवसरमा लाग्ने माघी मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपालको चार धाम मध्येको एक रुरु क्षेत्रधाम रिडिमा प्रत्येक वर्ष माघे संक्रान्तीको अवसरमा तीन दिने मेला लाग्ने गरेको छ । पवित्र कालिगण्डकी नदिमा स्नान गरि भगवन ऋषिकेशको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरि माघ १ गते देखि ३ गते गतेसम्म स्थानिय उत्पादन सहितको बृहत सांस्कृतिक एवं धार्मिक मेला आयोजना गरिएको रुरु फ्रेड्स क्लवका सचिव प्रेम भण्डारीले जानकारी दिनुभयो ।

 

मेलामा गुल्मी, रुकुम, रोल्पा, मनाङ, मुस्ताङ र प्यूठान जिल्लामा उत्पादीत स्थानिय हस्तकलाका सामाग्रीहरु डोको, भकारी, सुपो, राडिपाखी, काम्लो, कम्मल सहित खुदो, गूड, ओखर, घाँजी लगायतका बहुगुणी वस्तु बिक्रिको लागि रिडि बजारमा ल्याउने गरिएको छ । जेठी, माइली, र कान्छी संक्रान्तीका रुपमा मनाइने धार्मिक मेलामा लाखौं श्रदालु भक्तजन रिडिमा पुग्ने गर्दछन । कोभिडका कारण विगतमा माघे सक्रान्ति मेलामा खासै रौनकता नदेखिएकोले यो वर्ष भ्यू टावर सहितको तीनमुखे झलुङगे पुल पनि सम्पन्न भएकोले मेलामा दर्शनार्थीको रामै्र आगमन हुने अपेक्षा आयोजकले गरेका छन ।

पवित्र कालिगण्डकी नदिमा स्नान गरि ऋषिकेश मन्दिरको दर्शन गरेमा अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वासले पाल्पा सहित गुल्मी, अर्घाखाँचि, स्याङजा, रुपन्देही, कास्की, चितवन, दाङ सहित भारतिय दर्शनार्थी समेत माघी मेलाको अवसरमा रुरु क्षेत्र धाम रिडि पुग्ने गरेका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्