April 25, 2024

बुटवल,पुष २९ ।
सुनिल कार्की ।
मुख्यमन्त्री नियुक्ति भएको तीन दिन सम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डा टुंगिन सकेको छैन । लुम्बिनी प्रदेशमा गत बुधबार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता लिला गिरीले बिहीबार सपथग्रहण गरेका थिए । मुख्यमन्त्री गिरीसँगै तीनजना मन्त्रीलाई विनाविभागीयको रुपमा सपथग्रहण समेत गराइएको थियो ।

तर मन्त्रालय भण्गबण्डा टुंगिन अझै ५–७ दिन लाग्ने नेताहरुले बताएका छन । खासगरी मन्त्रालय भाण्बण्डामा केन्द्रकै नेताको भर पर्नु परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालय भागबण्डा गरिदिएमा सहज हुने आशमा नेताहरु बसेका छन । त्यसमा पनि माओवादी केन्द्रले मन्त्रालय भागबण्डामा केन्द्रिय नेताकै निर्णयको प्रतिक्षामा छन । माओवादी नेता सुदर्शन बरालले माथिबाटै सहमति बनेर आएपछि मन्त्रीहरु नियुक्त हुने बताए । “मन्त्रालय भागबण्डा माथिबाट टुंगिएर आयो भने सजिलो हुन्छ, अव केही दिनमा आउला”उनले भने ।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने स–सानो कुरामा समेत केन्द्रकै मुख ताक्ने प्रवृत्ति गलत रहेको बताए । यहाँ टुंगो लगाउन नसकेपछि केन्द्रकै मुख ताक्नु स्वाभाविक भएपनि यसले गलत परिपाटीको विकास गर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *