बुटवल,पुष २९ ।
सुनिल कार्की ।
हिन्दु नेपालीको महान पर्व माघे संक्रान्तीको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिईएको छ ।
माघ २ गते सोमबार लुम्बिनी प्रदेशका १२ जिल्लामा सार्वजनिक विदा दिने निर्णाय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत सीता घिमिरेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गरेको २०७८\१२\२१ गते गरेको निर्णय अनुसार प्रदेश भर विदा दिईएको जारी सुचनामा उल्लेख गरिएको छ ।
थारु समुदायको बाहुल्यता रहेको यस प्रदेशको तराई र पहाडमा, पहाडी समुदायले माघे संक्रान्तीलाई उल्लासपुर्ण तवरमा मनाउँदै आएका छन । माघे संक्रान्तीको दिन नदि तालतलैया र पोखरीमा विहानै पुगेर सुर्यदेवको आरधानका साथै स्नान गरि तरुल,सखरखण्ड लगायतका वनजन्य फलफुल खाने परम्परा रहेको छ । ।
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

Facebook
X
WhatsApp
LinkedIn
सुनिल कार्की
कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।
ताजा अपडेट




