पाल्पाको लुहुङ्गमा बसको ठक्करबाट ७७ वर्षीय वृद्धाको मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष २८ ।
सुनिल कार्की  ।
पाल्पाको तानसेन १२ लुहुङ्गमा बसको ठक्करबाट ७७ वर्षीय वृद्धा पुतली विश्वकर्माको मृत्यु भएको छ ।
तानसेन नगरपालिकाको अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट बौघापोखराथोककी ७७ वर्षी पुतली विश्वकर्माको ज्यान गएको हो । विहीबार दिउँसो गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लुु १ ख ८३६१ नम्वरको बसले ठक्कर दिदा घाइते भएकी विश्वकर्माको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ति महिला सोही बसमा आएको र बसबाट झरी घर जाने क्रममा बसले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते उनलाई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्