पाल्पामा धम्की दिने र धारिलो हतियार प्रहार गरि घाइते बनाउने अभियुक्त छोरा र श्रीमति पक्राउ

Facebook
X
WhatsApp
LinkedIn

जिल्ला प्रहरी कार्यालय पाल्पाले ज्यान मार्ने धाक धम्की दिने र धारिलो हतियार प्रहार गरि घाइते बनाउने अभियुक्तलाई पक्राउ गरेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा आमालाई ज्यान मार्ने धम्की दिने आफ्नै छोरा हिरा बहादुर दर्लामीलाई प्रहरीले पक्राउ परेका छ । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई मार्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुरलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो । आमा माथि अभद्र व्यवहार गरेको सूचना प्राप्त हुन साथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरी टोलीले छोरा हिरालाई नियन्त्रणमा लिर्ई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको छ ।

यता आफ्नै श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति तानसेन ७ प्रभासबाट पक्राउ परेकी छन । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन । प्रियंकाले गत मंसिर १७ गते आफ्ना श्रीमान थापालाई पटक–पटक विवाद पश्चात ज्यान मार्ने उद्देश्यले पेटमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाएको सूचना पाउन साथ खटिएको प्रहरी टोलीले श्रीमति प्रिंयकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरीले उक्त चक्कु सहित उनलाई पुस २६ गते फेला पारी नियन्त्रणमा लिएको हो । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्