तानसेनका कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, तानसेन नगरपालिका –६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । सोमबार तानसेन नगरपालिकाले यहाँका ६ जना कृषक तथा कृषक समूूहलाई हाते ट्याक्टर वितरण गरेको हो ।

परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, वडा अध्यक्ष सागरमान महर्जनले एक औपचारिक कार्यक्रमका बिच हाते ट्याक्टर वितरण गरेका हुन् । ट्याक्टर वितरण गर्दै नगर प्रमुख श्रेष्ठले श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम गर्न ट्याक्टरले महत्वपूर्ण टेवा पुुग्नेमा विश्वास व्यक्त गरे ।


उनले नगर भित्रका कृषकहरुलाई व्यवसायिक बनाउने दिशामा नगरपालिका लागेको बताए । वडा अध्यक्ष सागरमान महर्जनले परम्परागत रुपमा गोरु जोतिने स्थानमा ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस् भनेर वितरण गरेको उनको भनाइ छ ।

५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् । प्रति हाते ट्याक्टर ५५ हजारमा खरिद गरिएको वडाले जनाएको छ । कार्यक्रममा तानसेन २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, तानसेन ६ का वडा सदस्य रेखा विष्ट, वडा सचिव विशाल ओली लगायतको सहभागिता रहेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्