रामपुर नगरपालिकाकाे नगर सभा तथा १२अैाँ अधिवेशन शुरु

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको विहिबार देखि सुरु भएको छ । अधिवेशनको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले उट्घाटन गर्नु भएको हो ।

सभामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, प्रवक्ता कपिल बहादुर खाँण, वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । नगर सभामा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरपालिकाले ६ महिना भित्र गरेको कार्य सम्पादन, योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

साथै उहाँले कुल बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हाल सम्म २७ करोड ४७ लाख ९५ हजार ६ सय प्राप्त भएको जानकारी दिदै हाल सम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताउनुभयो । न्यौपानेले विषयगत शाखा तथा वडा कार्यालयको प्रगति विवरण पेश गर्दै हाल सम्म नगर भित्रका ५ सय ५४ योजना मध्ये १ सय ५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिनुभयो ।

त्यस्तै नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ पारित गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक दिल बहादुर रानाले पेश गर्नु भएको विद्येयक सर्वसम्मत रुपमा पारित गरेको हो । रामपुर नगरपालिकाको नगर सभा आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै समापन गरिएको हो । नगर सभा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा चलेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्