गुडिरहेको ट्रयाक्टरबाट खसेर सह चालकको घटनस्थलमै मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष २१ ।

पाल्पाको पूर्वखोला गाउँपालिकामा गएराति गुडिरहेको ट्रयाक्टरबाट खसेर सह चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको पूर्वाखोला ३ कमेरे स्थित पूर्वखोला– निस्दी सडक खण्ड अन्र्तरगत निस्दीबाट पूर्वखोला आउँदै गरेको लु ३ त ६२५९ नंम्बरको ट्रयाक्टरको ट्रलीमा सवार सहचालक पूर्वखोला ३ भालकुन बस्ने वर्ष २८ का सेते सारुको मृत्यु भएको जिप्रका पाल्पाका सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
स्वंयम सारु सवार गुडीरहेको ट्रयाक्टरको बायाँ पट्टीको ठुलो चक्काले किच्दा निजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पूर्वखोलाले जनाएको छ । घटनाको बारेमा थप अनुशन्धान गर्न जिल्लाबाट प्रहरी निरिक्षकको टोली खटिएर ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी थापाले जानकारी दिनुभयो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्