चैत्र ३ मा टुल्की प्रर्दशन हुने

Facebook
X
WhatsApp
LinkedIn

डोल्पा \

हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र टुल्की आगामि चैत्र ३ गते प्रदर्शन हुने भएको छ । ग्रामिण क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारीत चलचित्र टुल्की चैत्र ३ मा प्रर्दशन हुने भएको हो ।

एक बर्ष अघि कोरोना कहरमा खिचिएको यस चलचित्र ढिलागरीमात्र प्रदर्शनहुन लागेको हो । द पाल्म ग्रुपको व्यानरमा निर्मित यस चलचित्रमा बहुपति प्रथा सँगै हिमाली जीवनसैली,रहनसहन लगायतका बिषयहरु पनि चलचित्रमार्फत उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए । देब जंग थापाले निर्देशन तथा छायाङ्कन गरेको यस चलचित्रको निर्माण भने आर.पी कर्माचार्य र शेखर लामाले गरेकाहुन् ।

यस चलत्रिमा बरिष्ठ कलाकार शिशिर वाङ्देल,स्वस्तिमा कार्की, सोफिया लिम्बु,नरेन्द्र तामाङ्ग,सोम लामा,शेखर लामा, सौजन सुब्बा,भक्तसिँह कठायत,रत्नप्रसाद न्यौपाने,हिमाली न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्रको कथा भने लक्ष्मण सुनारले लेखेकाहुन् । चार बर्षको अनुसन्धान पछि चलचित्र निर्माण गरिएको र झण्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्