April 26, 2024
सम्मान कार्यक्रम सम्पन्न
१५ पुस \
टंकप्रसाद पन्थ  \
त्रिभुवन बहुमुखी क्याम्पस व्यवस्थापन संकायले सेवानिवृत्त तीन जना प्राध्यापकलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गणेशप्रसाद खनाल, केशवराज शर्मा र राजेश्वरप्रसाद उदयज्यूलाई सम्मान गरिएको हाे ।
सम्मानित व्यक्तित्व राजेश्वरप्रसाद उदयले आफूलाई राजेश्वर उदय भनेर चिनाउनमा त्रिभुवन बहुमुखी क्याम्पसकै भूमिका रहेको विचार व्यक्त गर्नुभयो । आफ्नो अतीत जीवनका सन्दर्भहरू पनि उहाँले उल्लेख गर्नुभयो ।
सम्मानित व्यक्तित्व केशवराज शर्माले क्याम्पस प्रवेशदेखि क्याम्पस प्रमुख तथा प्राध्यापक संघको महासचिवसम्म यही क्याम्पसका कारणले भएको कुरा उल्लेख गर्नुभयो । मानिसको व्यक्तित्वको विकास पदले नभई उसको भूमिकाले निर्धारण गर्ने विचार व्यक्त गर्नुभयो । प्राध्यापकहरूलाई प्राज्ञिक कर्ममा लाग्नसमेत उहाँले उत्प्रेरित गर्नुभयो ।
सम्मानित व्यक्तित्व गणेशप्रसाद खनालले व्यवस्थापन संकायले सम्मानकाे कार्यक्रमकाे आयाेजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । क्याम्पसका पुराना दिनहरू सम्झँदा आफैलाई आश्चर्य लाग्ने स्थिति आएको कुरा उहाँले झल्काउनुभयाे । आफ्नो प्राध्यापन जीवनकाे यात्रालाई उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले व्यवस्थापन संकायकालाई पश्चिम नेपालकै चर्चित क्याम्पस बनाउन सक्रिय भूमिका खेल्नुहुने प्राध्यापकहरूकाे सम्मान आफैमा गरिमामय रहेको विचार व्यक्त गर्नुभयो । सम्मानित व्यक्तित्रयकाे स्वभाव, कार्यशैली र याेगदानलाई प्रकाश पारी उहाँहरूकाे सुखद अवकाशप्राप्त जीवनकाे शुभकामना व्यक्त गर्नुभयो । पछिल्लो समयमा क्याम्पसप्रतिकाे आकर्षणभन्दा विकर्षण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । व्यवस्थापन संकायका साथीहरूलाई चुनाैती थपिँदै गएको कुरा उहाँले सङ्केत गर्नुभयो ।
व्यवस्थापन संकायका सहाय क्याम्पस प्रमुख श्रीचन्द्र शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा युवराज पाैड्यालले उपस्थित सम्मानित व्यक्ति र सहभागीलाई स्वागत गर्नुभएको थियो । उक्त सम्मान कार्यक्रम महेश भट्टराईकाे सञ्चालनमा चलेको हाे ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *