पाल्पामा ठूलो संख्यामा तोपका गोला भेटियो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।
पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रमा ठूलो संख्यामा तोपका गोला फेला परेका छन । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखाना भन्ने ठाउँमा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बाइसे\चौबिसे राज्य एकिकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म ३०० वटा गोला फेला परेको र उत्खन्नको क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाई छ ।

गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । अहिले ती गोलाको सुरक्षित ब्यवस्थापनको लागि पाल्पा स्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

फेला परेका गोलाको बारेमा थप अनुशन्धान प्रक्रिया अगाडी बढेको पाल्पा प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्