ऐतिहासिक भगवती मन्दिरको सरसफाई

Facebook
X
WhatsApp
LinkedIn

सुनिल कार्की ।

पाल्पा,मंसिर २० ।
पाल्पाको ऐतिहासिक भगवती मन्दिर परिसरमा बृहत सरसफाई गरिएको छ । नेपाल अँग्रेज युद्धमा जितगढी किल्लामा भएको लडाईमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले निर्माण गरेको भगवती मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

जिल्लाको सामाजिक सेवामा क्रियाशील लायन्स क्लब अफ पाल्पा भैरबले मन्दिर परिसर सहित पाला,घण्ट,सिलिङको सरसफाई गरेको लायन्स क्लब अफ पाल्पा भैरबका अध्यक्ष सचिन विष्टले जानकारी दिनुभयो । जिल्लाको प्रमुख पर्यटकीय पर्यटकीय गन्तव्यका रुपमा रहेको यस मन्दिरको प्रचारप्रसार र आर्कषण बढाउन सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा लायन्स क्लब अफ पाल्पा भैरबका प्रथम उपाध्यक्ष दिपक घिमिरे,लायन्स क्लब अफ पाल्पाका सुशिल प्रधान,वडा नं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य,वडा नं १ का वडा अध्यक्ष सुनिल बस्याल र क्लबका संक्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्