सुरक्षित आप्रवासन सामी कार्यक्रमको अनुगमन सम्पन्न

Facebook
X
WhatsApp
LinkedIn

सुरक्षित आप्रवासन सामी कार्यक्रमको अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

 

तानसेन नगरपालिका द्धारा सन्चालन गरेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले बैदेशिक रोजगारीका विषयमा गरेका कामको बारेमा समुदायमा गएर प्रभावकारीताका बारेमा छलफल पनि गरिएको हो । तानसेन नगरपालिका वडा नं ५ मा बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा सडक दुर्घटना परि निधन हुनु भएका स्वगीय विष्णु खत्री प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारलाई तथा आफन्तजनमा धैयधारण गर्ने शक्ति प्राप्त होस भनी गहिरो समवेदना प्रकट गर्न र आगामी दिनमा परिवारका सदस्यले प्राप्त गर्ने सल्लाह र सहयोगका लागी जान पर्ने सहयोगी निकायका बारेमा परिवारका सदस्यसँग छलफल गर्न र सहानुभुति प्रदान गरिएको तानसेन नगरपालिका सुरक्षित आप्रवासन सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा  जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठ , नगर उप प्रमुख प्रतिक्षा सिंजाली ,तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, वडा नं ५ का वडा अध्यक्ष राम वहादुर रावल ,लेखा अधिकृत कोशल राज घिमिरे, सामाजीक विकास अधिकृत भरत प्रसाद आचार्य , तानसेन नगरपालिका सुरक्षित आप्रवासन सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरे, परामर्शकत्र्ता विशाल नेपालको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले क्षतिपुर्ति र जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा सधै सहयोगी भुमिका निवार्ह गर्ने वताउनु भयो ।तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले तानसेन नगरपालिका नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

 

तानसेन नगरपालिका सुरक्षित आप्रवासन सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले सामी कार्यक्रम यस दुखद घडिमा परिवारसँग साथ रहेको र आगामी दिनमा परिवारका सदस्यले प्राप्त गर्ने क्षतिपुर्तिको प्रक्रियाका बारेमा परिवारका सदस्यसँग सहजीकरण गर्नु भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्