रामपुरमा स्कुटर दुर्घटना हुँदा मगरको मृत्यु 

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,१७ भदौ  

कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रामपुर नगरपालिका १० मा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

 

मृत्यु हुनेमा रामपुर नगरपालिका १० गेझा बस्ने ४० वर्षीय यम बहादुर खरु मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो कालीगण्डकी करिडोर पक्की सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ २४३१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो सडक किनारमा रहेको डिभाईडरको पोलमा ठोकिदा स्कुटर चालक मगर घाइते हुनुभएको थियो उहाँलाई उपचारको लागि रामपुर अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीको भनाई

 

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्