बाइकले ठक्कर दिँदा तानसेन ५ की खत्री घाइते – भिडियो सहित

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,साउन १३ ।
सुनिल कार्की \

पाल्पाको तानसेन नगरपालिका २ भिमसेनटोलमा मोटरसाईकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र चालक दुवै घाइते भएका छन ।

 

तानसेनको टुँडिखेल तिरबाट नारायणस्थान जाँदै गरेको लु ७६ प १२९१ नंम्बरको मोटरसाईकलले बाटो काट्ने क्रममा एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट तानसने नगरपालिका ५ धरमपानि बस्ने वर्ष ७० की विष्णु कुमारी खत्री घाइते हुनुभएको छ ।


घाइते खत्रीको मिसन अस्पताल तानसेनमा उपचार भईराखेको छ । उनको खुट्टा भाचिएको पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो । घाइतेको अन्य अवस्था भने सामान्य रहेको छ । यस्तै मोटरसाइकल चालक पनि घाइते भएका छन । उनको पाि मिसनमै उपचार भईरहेको छ । दुर्घटना दिउँसो करिब १ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले ठक्कर दिने मोटरसाइकलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान सुरु गरिएको छ ।

भिडियो लिंक : https://www.facebook.com/reel/361566113478401

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्