तानसेन ७ को पक्लुवामा गोठ भत्किदा चार चौपायमा क्षति,सर्तकता अपनाउ आग्रह

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार २८ । सुनिल कार्की ।

पाल्पामा गएराति परेको भिषण बर्षाका कारण ढुंगा माटोले बनेको कच्चि गोठ भत्कीदा चार वटा उन्नत जातका बाख्रा मरेका छन ।

जिल्लाको तानसेन नगरपालिका वडा नं ७ माथिल्लो पक्लुवा भन्न ठाउँमा गोठ भत्कीएको हो । गोठामा तीन वटा पाठा, दुुई माउ र एउटा सानो पाठी पुरिएकोमा  दुईवटा माउ,एउटा पाठो र एक पाठी गोठको गाहेले च्यापिएर मरेको वडा अध्यक्ष प्रदिप खनालले पुष्टी गर्नुभयो । प्रभास प्रहरी चौकीका प्रमुख रोम खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले बाख्राको उद्धार गरेको थियो । प्रहरी र स्थानियले जोखिमयुत्त भत्केर बाँकी रहेको पर्खालको सुरक्षित व्यवस्थापन गरेको पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

साथै निरन्तरको बर्षाले ग्रामिण भेगका कच्ची घर गोठ जोखिममा रहेकोेले सुरक्षा र सर्तकता अपनाउ आग्रह गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्