मालिका गाउँपालिकाको एक वडा दुई उत्पादन नीति !

Facebook
X
WhatsApp
LinkedIn

गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ । असार ६ गते देखि सुरु भएको १६ औं गाउँसभाको अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सो नीति  सभामा पेस गरेका हुन ।आठ वटा वडा त्यस गाउँपालिकामा रहेका छन् ।


जहाँ वडा नम्बर एक नेटालाई बङुर र मौरी,वडा नम्बर दुई दर्लिङमा बाख्रा र आलु,तीन ह्वाङ्दीमा बाख्रा र उखु,चार अर्खबाङमा आलु र मकै,वडा नम्बर पाँच छापहिलेमा बाख्रापालन र हलुवावेद,वडा नम्बर ६ अर्जैमा मौरी र धान,वडा नम्बर सात घमिरमा केरा र कफी  त्यस्तै वडा नम्बर आठ मर्भुङ्गमा बेसार र कफी  खेती उत्पादन गरि कृषकलाई व्यवसायीक बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
मालिका गाउँपालिका उद्योगधन्दा कलकारखाना बाट भन्दा पनि कृषि तथा पशुपालन बाटै समृद्धि हुने र जनतलाई आय आर्जनमा जोडन सकिने हुँदा एक वडा दुई कृषि एवम् पशुउपज उत्पादन नीति लिएको पालिकाले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्