पूर्वमन्त्री चाैधरी कांग्रेसमा प्रवेश

Facebook
X
WhatsApp
LinkedIn

लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, अदालतको आदेशका कारण उनको मन्त्री पद गएको थियो ।

नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो । सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि महामन्त्री गगन थापाको नाम सर्वसम्मत सिफारिस भएर आएको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट ०७४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्