रवीन्द्र मिश्र राप्रपा प्रवेश, वरिष्ठ उपाध्यक्षकाे पद

Facebook
X
WhatsApp
LinkedIn

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ ।

आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए ।

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाण्डाै क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाकाे तयारीमा हुनुहुन्छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्