रामपुर बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा \

ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले चाडपर्वलाई मध्यनजर गर्दै बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिदै गरेको दशैं तथा तिहार लगाएतका पर्वहरुलाई मध्यनजर गर्दै रामपुर ५ बेझाँड चोक स्थित प्रहरी विटमा हेल्प डेक्स सञ्चालनमा ल्याएको हो ।

चाड पर्वको समयमा यात्रुहरुको सहजताको लागि ईलाका प्रहरी कार्यालय रामपुर र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरले सहायता कक्ष सञ्चालन गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले चाड पर्वको अवसरमा गाउँ फर्किने तथा घर जाने यात्रुहरुको चाप हुने भएकाले सहायताको लागि कक्ष स्थापना गरिएको बताउनुभयो । चाडपर्वको मौका छोपी लामो दुरीको यात्रामा बढी भाडा लिने, सिट नपाईने, सामानहरु गाडीमा हराउने तथा छुट्ने, यात्रुहरु अलपत्र हुन सक्ने भएकाले समस्या समाधानका लागि डेक्स स्थापना गरिएको बताउनुभयो ।

साथै प्रहरीले यात्राको क्रममा कुनै पनि असुविधा तथा समस्या आएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । हेल्प डेक्स विजयादशमी, तिहार तथा छठ पर्व सम्म कायम रहने छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्