नेदरल्याण्ड्सलाई नेपालले दियाे १०७ रनको लक्ष्य

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको छ।

 

१०७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले केही बेरपछि ब्याटिङ गर्ने छ। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका प्रहार गरे। करण केसी १७, गुल्शनकुमार झा १४ र अनिल साह ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

 

नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३ विकेट लिए। पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २ विकेट लिए।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्