लुम्बिनी प्रदेशस्तरी ब्याडमिन्टनमा पाल्पा प्रथम

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगित २०७९ लुम्बिनी प्रदेशस्तरी ब्याडमिन्टन छनौट प्रतियोगितमा पाल्पा प्रथम भएको छ । प्रतियोगितमा पाल्पाका गणेश रायमाझी लुम्बिनी प्रदेश प्रथम,दिया शाक्य तेस्रो हुनुका साथै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएको हो ।

यस्तै सुष्मा बुढा लुम्बिनी प्रदेश तेस्रो हुन सफल हुनुभएको टिम म्यानेजर बसन्त बज्रचार्यले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद छनोट अन्र्तरगत लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितमा पाल्पा प्रथम,बाके दोस्रो र रुपन्देही तेस्रो भएका छन ।

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पाल्पाले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्