कान्तिपुरका अध्यक्ष सिरोहिया रिहा

Facebook
X
WhatsApp
LinkedIn

काठमाडाैं । नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया रिहा हुनु भएकाे छ ।

जिल्ला सरकारी वकीलको कार्यालय, धनुषाको निर्णयका आधारमा उहाँलाई रिहा गरिएको हो। सिरोहियालाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको जिल्ला सरकारी वकील सुदीप डंगालले बताउनुभयाे ।

जिल्ला सरकारी वकीलको कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको पत्र पाएपछि ललितपुर प्रहरीले उहाँलाई बुधबार साँझ रिहा गरेको हो।

जिल्ला सरकारी वकीलको कार्यालयको निर्णयका आधारमा छोडिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहारी नायव उपरीक्षक रञ्जन अवालेले बताउनुभयाे। “सरकारी वकीलले हाजिर जमानीमा छाड्ने निर्णय गरेपछि रिहा गरिएको छ,” अवालले भन्नुभयाे ।

सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उहाँलाई थप अनुसन्धानका लागि धनुषा लगिएको थियो। हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट तीन पटक म्याद थप गरिएको थियो।

उहाँको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार धनुषाबाट ललितपुर ल्याइएको थियो। बुधबार साँझ ललितपुरबाटै रिहा गरिएको हो।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्